हिमालयन बैंकको एफपीओ बाँडफाँट
काठमाडौं, १३ साउन। हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) बाँडफाँट भएको छ । कमलादीस्थित बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन भएको थियो ।
एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । स्वीकृत आवेदन १७ लाख ४ हजार २७३ थियो ।
यीमध्ये ९ लाख २५ हजार ४६ जनाले सेयर पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या ५४।२७ प्रतिशत हो । एफपीओ परेरनपरेको नतिजा केही समयपछि सीडीएससीको अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।
धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुने गर्छ । पुग्नेजतिलाई १० कित्ताका दरले बाँडफाँट गरिसकेपछि बाँकी ‘अड लट’ संख्या थप १–१ कित्ताका दरले बाँडफाँट हुन्छ । एफपीओ परेकामध्ये १० कित्ताभन्दा बढी आवेदन दिनेमध्येबाट थप १र१ कित्ता बाँडफाँट भएको हो ।















प्रतिक्रिया दिनुहोस्