कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दै
काठमाडौं, १२ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंंह लामामाथ अविश्वसको प्रस्ताव आएपश्चिात बागमती काँग्रेस विवाद चलमचुलीमा पुगेको छ । त्यसको लागि बैठक आज बस्दैछ। सोमबार दिउँसो १ बजे हेटौंडामा बैठक बस्ने तय भएको हो।
गत शुक्रबार २१ जना सांसदहरूले संसदीय दल नेता बहादुर सिं लामा तामाङविरूद्ध हस्ताक्षर बुझाएका थिए। त्यसपछि संसदीय दलको बैठक आह्वान भएको हो।
बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्। तीमध्ये दल नेता तामाङको विरूद्धमा २१ जना उभिएका छन् भने उनको पक्षमा १६ जना सांसद छन्।
बागमती कांग्रेसमा मतभेद देखिएपछि सभापति शेरबहादुर देउवाले सहजीकरणका लागि प्रतिनिधि सभा सांसद राजन केसीलाई खटाएका छन्। केसी आइतबार नै हेटौंडा पुगेका थिए। उनले दुवै पक्षसँग कुराकानी गरिरहेका छन्।
गत शुक्रबार कांग्रेसका ४ जना मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामासमेत बुझाएका थिए। मुख्यमन्त्रीले मन्त्रीहरूको राजीनामा स्वीकृत नगरेर केही घन्टामा बर्खास्त गरेका थिए। यसले गर्दा झा विवाद बल्झिएको छ ।
सांसद मीनकृष्ण महर्जनले आज दिउँसो १ बजे संसदीय दल बैठक बस्ने जानकारी दिए।
ल्अभिि
‘आज संसदीय दल बैठक बस्दैछ। २१ जनाले हस्ताक्षर बुझाएपछि पहिलो पटक बैठक बस्न लागेको हो। सकेसम्म सहमति प्रयास होला नभए संसदीय दल नेता चयन गर्न चुनाव हुन सक्छ, चुनावबाट जो संसदीय दल नेता बन्छ उही बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्छ, हाम्रो अभ्यास यही हो,’ महर्जनले सेतोपाटीसँग भने।
चुनाव भएमा अहिलेका संसदीय दल नेता तामाङ र सांसद ईन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुने देखिएको छ।
२०७९ पुस १३ गते भएको संसदीय दल नेता निर्वाचनमा बानियाँलाई लामाले ५ मतान्तरले हराएका थिए। बानियाँले १६ मत ल्याउँदा लामाले २१ मत ल्याएका थिए।
एक वर्षमा यो मत ठ्याक्कै उल्टिँदा लामा जोखिममा परेको सांसदहरूको गत शुक्रबारको हस्ताक्षरले देखाउँछ। बानियाँ र लामा दुवै निर्माण व्यवसायी पृष्ठभूमिका हुन् भने दुवै सभापति शेरबहादुर देउवानिकट छन्।















प्रतिक्रिया दिनुहोस्