सुनको मूल्यमा भारि वृद्धि
काठमाडौं, ७ साउन । आज नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला छ दिनदेखि सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ ।
यस दिन चाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै बढेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर ऐतिहासिक उचाई कायम गरेको हो । आज बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले निरन्तर एक पछि अर्कोदिन रेकर्डलाई ब्रेक गरेर नयाँ उचाई कायम गर्दै बढेको हो ।
प्रतिक्रिया दिनुहोस्