आइपिएलमा करोडौंको सट्टेबाजी, फुटबलर अञ्जन केसीसहित ७ पक्राउ
काठमाडौं । आइपिएल लगायतको खेलमा करोडौंको सट्टेबाजीको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। मुख्य नाइके गौरव तिवारीसहितका व्यक्तिहरुलाई काठमाडौं परिसरले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पूर्व फुटबल खेलाडी अञ्जन केसी समेत छन्। उनीहरुले विदेशी गिरोहसँग मिलेर अन्तराष्ट्रिय खेलहरुमा बाजी लगाउदै आएका थिए।
पक्राउ परेका तिवारी लामो समयदेखि यस्तो धन्दामा सक्रिय व्यक्ति हुन्।उनले कमलपोखरीस्थित सिटी सेन्टरमा १२ डि सिनेमा हल चलाउदै आएका छन्। उनको घरबाट प्रहरीले सट्टेबाजीमा प्रयो हुने समानहरु समेत बरामद गरेको छ।
पक्राउ परेका अञ्जन केसी यसअघि म्याच फिक्सिङमा समेत पक्राउ परेका थिए। म्याच फिक्सिङ अहिले पनि अदालतमा विचाराधिन छ।
प्रतिक्रिया दिनुहोस्