च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ५ श्रावण। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको बैठकमा पार्टी विधानका विषयमा छलफल हुनेछ । बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ ।

बैठकको सुरुवमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक,सरकारको एकवर्ष र पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्नेछन् ।

यसैगरी महासचिवले साँगठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्