रास्वपा महामन्त्री बुर्लाकोटीसहित नेताहरू पुगे निर्वाचन आयोग
काठमाडौं, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्।
पार्टी पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिकबारे ध्यानाकर्षण गराउन रास्वपा नेताहरू आइतबार दिउँसो आयोग पुगेका हुन्।
रास्वपाले २०८१ साउन १७ गते केन्द्रीय समितिबाट पदाधिकारी हेरफेर भएको भन्ने जानकारी निर्वाचन आयोगलाई बुझाएको थियो।
तर उक्त विवरण अहिलेसम्म पनि अद्यावधिक नभएको पाइएपछि यसबारे बुझ्न महामन्त्री बुर्लाकोटीसहित नेताहरू आयोग पुगेका हुन्।
यसअघि रास्वपाका गोविन्दप्रसाद पन्त, सितलचन्द्र धरेल, कैलाशबाबु सिलवाल, रामप्रसाद शिवाकोटीले रास्वपाले पठाएको विवरण आयोगबाट अद्यावधिक नभएकोमा सूचना माग गरेका थिए।
त्यसबारे गत असार २७ गते आयोगले पत्र लेख्दै डा.मुकुल ढकाललाई अनुसनात्मक कारबाही भएको पर्याप्त प्रमाण पेस हुन नआएको भन्दै जेठ २९ मा पत्राचार गरिएको र असार ८ मा कारबाही कागजात उपलब्ध भएको बताएको थियो।
प्रतिक्रिया दिनुहोस्