कारोवार १४ अर्ब नाघेर छलाङ मार्दै शेयरबजार, नेप्से २७९४ अंकमा
काठमाडौं, ३२ असार । बुधबार सेयर बजारको परिसूचक नेप्से १।२५ प्रतिशत (३४।६१ अंक) बढेको छ । बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बजारमा उत्साह देखिएको छ ।
सो वृद्धिपछि नेप्से २७९४ अंकमा पुगेको छ । बजारको अंक बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ४१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३ करोडको भयो ।
१९३ कम्पनीको मूल्य बढ्यो भने ५५ को घट्यो । व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै ३।८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १।५९, फाइनान्स ०।७५, होटल तथा पर्यटन ०।५९, हाइड्रोपावर १।२८, लगानी ०।५२, जीवन बीमा ०।६६, उत्पादन तथा प्रशोधन १।३९, माइक्रोफाइनान्स १।८५, निर्जीवन बीमा १।८५, अन्य ०।३३ प्रतिशत बढे । व्यापार भने ०।१८ प्रतिशत घट्यो ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । ग्रिन डेभलपमेन्ट बैंकको ८।४१, अपरहेवाखोलाको ८।३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८।०३, फरवार्ड माइक्रोफाइनान्सको ७।८४ तथा बुटवल पावरको ६।७९ प्रतिशत मूल्य बढ्यो ।
माइखोला हाइड्रोपावरको ७।८७, नारायणी डेभलपमेन्ट बैंकको २।९०, उन्नति सहकार्य लघुवित्तको २।१४ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा उत्कृष्ट पाँच कम्पनीमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा रहे ।
प्रतिक्रिया दिनुहोस्