सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौ,३० असार । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
इन्स्योरेन्सको सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्