सन नेपाल लाइफ इन्सुरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं,३० असार । सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यस सेयरमा आवेदन दिन सकिनेछ ।

कम्पनीले असार २३ गतेबाट संस्थापक समूहको ८० हजार २२२ र सर्वसाधारण समूहको १ लाख ४६ हजार ५०६ कित्ता सेयर लिलाममा बिक्रीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

लिलामीमा राखेको यस सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री रहेको छ । कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धकको कार्यालय नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लेखनाथमार्ग ठमेलमार्ग, काठमाडौंबाट आवेदन दिन सकिनेछ । साथै, सन नेपाल लाइफ इन्सुरेन्सको तोकिएका शाखा कर्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्