सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढ्यो
काठमाडौं, ३० असार । सुन व्यवसायीहरुको आन्दोलनका कारण लामो समय बन्द रहेको सुनचाँदी पसल केहिदिन अघिमात्र खुलको हो । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्यले आईतबार कायम उचाईलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्