चुनावपछि वाम गठबन्धन बिलाएर जान्छः  केन्द्रीय सदस्य बडू

काठमाडौं । नेपाली काँग्रेस दार्चुलाद्वारा खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि वाम गठबन्धन समाप्त हुने बताएका छन ।
बडूले एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै उहाँले चुनावपछि गठबन्धन बिलाएर जाने ठोकुवा गर्नुभयो ।
“वामपन्थीको षडयन्त्र देखेर नेपाली जनता सशंकित भएका छन्,” उनले भने । देशलाई अस्थिरतातर्फ लग्ने षड्यन्त्र भइरहेकाले उनको भनाइ थियो । संविधानको पूर्ण रुपमा कार्यान्वयन र रक्षाका लागि काँग्रेसलाई मतदान गर्नुपर्ने नेता बडूले बताए ।
लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जीत आवश्यक रहेको  कम्युनिष्ट अधिनायकवाद लाद्ने उद्देश्यका साथ एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको  आरोप समेत  उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्