पूर्वराजाका संवाद सचिव पाठक प्रहरी नियन्त्रणमा

काठमाडौं, २७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले नेपाल प्रेसलाई बताए । उनले वक्तव्य जारी गर्दा र फेसबुक प्रोफाइलमा ती भाषा प्रयोग गरेको प्रवक्ता बोहराको भनाइ छ ।

पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्