नेको इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं,२७ असार । कम्पनीको संस्थापक समूहको ११ लाख ९ हजार ७६९.११ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमै बिक्रीमा राखिएको छ ।
यस शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ । निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्