आरएसडीसी लघुवित्त र नेसनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं,२६ असार । दुई लघुवित्त वित्तीय संस्थाको ९२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको हो ।
आरएसडीसी लघुवित्त र नेसनल लघुवित्त वित्तीय संस्थाको कुल ९२ हजार १५९ कित्ता संस्थापक शेयरमा बिक्रीमा राखिएको हो। जसमा आरएसडीसी लघुवित्तको १२ हजार कित्ता र नेसनल लघुवित्तको ७० हजार १५९ कित्ता रहेको छ ।
आरएसडीसी लघुवित्तको शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीले रुपन्देहीको बुटवटलस्थित संस्थाको रजिस्टर्ड कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ । सो अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ ।
यसैगरी नेसनल लघुवित्तको शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थाका संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा कुनै पनि निवेदन प्राप्त नभएपछि संस्थाले अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरेको हो ।
यस शेयर खरिद गर्न चाहनेले १५ दिनभित्र काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा खरिद निवेदन पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्