खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,२६ असार । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि भोली असार २७ गते बुक क्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्