सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने

काठमाडौं,२३ असार । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको अवितरित हकप्रद शेयरका लागि आजदेखि बोलपत्र पेश गर्न सकिनेछ ।

इन्स्योरेन्सले संस्थापक समूहतर्फ लकइनमा रहेको ८० हजार २२२ कित्ता, सर्वसाधारणतर्फ लकइनमा रहेको ४ हजार ४९ कित्ता र सर्वसाधारणतर्फ नै लकइनमा नरहेको १ लाख ४० हजार ४५७ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सको उक्त शेयर खरिदका लागि असार ३० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ । सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक ९काठमाडौँ०, विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढि शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्