अमेरिकी अर्बपति एलन मस्कले गरे पार्टी घोषणा

काठमााडैं। २२ असार । अमेरिकी अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अउनले ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका हुन् । मस्कले यो जानकारी सोसल मिडिया प्लेटफर्म एक्स मार्फत दिएका छन् ।

‘अमेरिका पार्टी’ औपचारिक रूपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । अमेरिकाको फेडलर इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ ।

 

यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने बताएका छन् ।

यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने बताएका छन् ।

 

सन् २०२४ को निर्वाचनको बेला मस्क ट्रम्पको प्रमुख समर्थक थिए । उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको विषयले चर्चा पाएको थियो । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क सरकारी खर्च कटौती सम्बन्धी कार्यदक्षता विभाग (डीओजीई) को प्रमुख पदमा नियुक्त भएका थिए । पछि ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले सो पद त्यागेका थिए । पद त्यागलगत्तै उनले नयाँ राजनीतिक दल खोल्ने सम्भावनाको कुरा गरेका थिए ।

अमेरिकाको स्वतन्त्रता दिवस (चार जुलाई)को अवसरमा मस्कले एक्स अकाउन्टमा एक पोल राखेका थिए । त्यहाँ उनले लेखेका थिए– के तपाईं दुई पार्टी सिस्टमबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले नयाँ पार्टी बनाउनुपर्छ ?

यी प्रश्नमा मत व्यक्त गर्न दिइएका दुईवटा अप्सनहरुमध्ये ६५.४ प्रतिशतले नयाँ पार्टी बनाउनुपर्छ भन्ने पक्षमा मत व्यक्त गरेका थिए । ३४.६ प्रतिशतले पर्दैन भन्ने पक्षमा मत दिएका थिए ।

सो पोलको नतिजापछि मस्कले एक्समा लेखेका छन्– तपाईंहरु ६६ प्रतिशतले नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ र अब यो तपाईंले प्राप्त गर्नुहुनेछ । जब अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ तब अमेरिकाका दुवै पार्टी (रिपब्लिकन र डेमोक्रेटिक) उस्तै हुन आउँछन् । अब देशले दुई पार्टी सिस्टमबाट स्वतन्त्रता पाउने छ ।’ यसले अमेरिकाको राजनीतिमा तरंग पैदा भएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्