प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फिर्ता

, काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

स्पेनको सेभिया शहरमा आयोजना भएको उक्त अन्तर्राष्ट्रिय सम्मेलनसहित अन्य भेटघाट सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।

उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली स्पेनबाट दोहा हुँदै कतार एयरवेजमा काठमाडौं फर्किएका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्रीको श्रीमती राधिका शाक्यल लगायष्त .२१ जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्