प्रधानको नेतृत्वमा परिचालन समिति गठन गर्दै उपचुनावमा होमियो राप्रपा

काठमाडौं, १९ असार । राप्रपाले रुपन्देहीको क्षेत्र नं. ३ मा हुन गइरहेको उपनिर्वाचनको तयारीमा लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला समितिलाई आवश्यक प्रक्रिया र तयारी गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । उक्त क्षेत्रमा उठ्नका लागि सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, बैठकले वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य रहेका छन् ।

बैठकले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, भिजिट भिसा प्रकरण र निजामती सेवा विधेयकका पनि टिप्पणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्