गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं,१७ असार । गुडविल फाइनान्सको १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।

कम्पनीको संस्थापक समूहको तर्फको शेयर बिक्रीमा राखिएको हो । यस शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनभित्र दिनु पर्ने छ । निवेदन काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले सूचनामा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्