हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं,१७ असार । हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९५० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

यस कम्पनीको आइपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई यसअघि आइपीओ बिक्री गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्