गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं,१६ असार । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि आउँदो साउन ४ गतेपछि सकिने भएको छ ।

कम्पनीको शेयर रजिस्ट्रार हिमालयन इन्भेस्टमेन्ट बैंकर मार्फत सूचना प्रकाशित गरी सामूहिक लगानी कोषलाई छुट्याइएको गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको जानकारी गराएको हो ।

गार्डियन माइक्रो लाइफ जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो। जसमा प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ ।

आइपीओ बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषलाई वितरण गरिएको शेयर ६ महिना लकइनमा राख्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्