सन नेपाल लाइफ इन्सुरेन्सको असार २३ गतेबाट सेयर लिलामी खुला हुँदै

काठमाडौं,१५ असार । सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले असार २३ गतेदेखि २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ८० हजार २२२ र सर्वसाधारण समूहको १ लाख ४६ हजार ५०६ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद असार ३० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकले गर्नेछ । यस कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धकको कार्यालय नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लेखनाथमार्ग ठमेलमार्ग, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसका साथै, सन नेपाल लाइफ इन्सुरेन्सको तोकिएका शाखा कर्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्