माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि प्राथमिक सेयर बिक्री खुला गर्ने

काठमाडौं,१५ असार । माबिलुङ इनर्जी लिमिटेडले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३० रुपैयाँ बराबरको सेयर बिक्री गर्ने अनुमति पाएको थियो ।

जसमध्ये कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई जारी गर्न लागेको हो ।

यता, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार ४७१ कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने छन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

स्थानीयले यस कम्पनीको आइपीओमा साउन ४ गतेसम्म आवेदन दिन पाउनेछन् । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा साउन ११ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन ४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

आयोजना प्रभावित स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक, चैनपुर, हिमालयन बैंक मादि नगरपालिका, लक्ष्मी सनराइज बैंक, खाँदबारी र आयोजनाको पावरहाउस रहेको संखुवासभा जिल्ला, मादि नगरपालिका वडा नं। ७ बाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीय बासिन्दाकाले दरखास्त फारम प्राप्त गर्नको लागि २ रुपैयाँ शुक तिर्नुपर्नेछ ।

यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्