एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,१५ असार । लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल)को लाभांश सुरक्षित गर्ने आज असार १५ गते आइतबार अन्तिम दिन हो ।

कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीको २३ औं वार्षिक साधारण सभा असार ३० गते बस्दैछ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा बिहान १० बजे सुरु हुनेछ । सभाले बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा छ ।

यस कम्पनीले साधारण सभा प्रयोजका लागि यहि असार १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ असार १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्