श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं,११ असार । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। यसका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
कम्पनीले तोकेको उक्त समयावधिभित्र कम्पनीका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्रीगरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्