आइपिएल २०१८को उपाधि चेन्नइलाई, सेन वाट्सनको विस्फोटक ब्याटिङ्
इण्डियन प्रिमियर लिग (आइपिएल) २०१८ को उपाधि चेन्नइ सुपर किंग्सले जितेको छ । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नइले उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएर १७९ को लक्ष्य प्रश्तुत गरेको थियो । उक्त लक्ष्य चेन्नईले १८.३ ओभरमा ९ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो।
चेन्नईको जितमा ओपनर सेन वाट्सनले विस्फोटक ब्याटिङ गर्दै नटआउटमा सतकीय पारी खेले । वाट्सनले ५७ बलमा ११ चौका र ८ छक्कासहित ११७ रन बनाए । त्यस्तै सुरेश रैनाले ३२ तथा रायडुले १७ रन बनाएका थिए। हैदारावादको तर्फबाट सन्दिप शर्मा र कार्लोश ब्रेथवेटले १/१ विकेट लिए।
यसअघि सन् २०१० र २०११ मा पनि उपाधि जितेको चेन्नइले यो तेस्रो पटक पनि आइपिएलको उपाधि जितेको छ ।
आजको खेलमा सनराइजर्स हैदरावादबाट कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए त्यस्तै शिखर धवन २५ बलमा २६ रन् र क्याप्टेन केन विलियमसन पनि ३६ बलमा ४७ रन बनाए उनले २ छक्का र ५ चौका प्रहार गरेका थिए ।
त्यस्तै शकिब अल हसनले १५ बलमा २३ रन बनाए । अन्त्यमा युसुफ पठानले २५ बलमा ४५ रन बनाउँदै हैदराबादलाई राम्रो लक्ष्य दिन सफल भएका थिए अन्तमा कार्लोस ब्रेथवेटले ११ बलमा ६ रन दिपक हुडा ३ रन जोडेर आउट भएका थिए ।
चेन्नाईको तर्फबाट भने लुङी एन्गिडी, कर्न शर्मा, ड्वेन ब्राभो र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्