सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं,१० असार । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बै।कले सो शेयर बिक्री गर्न लागेको हो ।
बैंकका संस्थापक शेयरधनी ओसिन बतासको नाममा रहेको २५ हजार ७५९ कित्ता, विश्व प्रकाश गुरुङको नाममा रहेको २५ हजार ७५९ कित्ता र बलराम श्रोष्ठको नाममा रहेको ६४ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
यस डेभलप्मेन्ट शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्