सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं,१० असार । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको झन्डै १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।

कम्पनीको संस्थापक समूहको ९ लाख ९४ हजार ६२२ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा हाललाई कम्पनीका शेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ ।
आवेदन दिने समयसिमा भित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्