अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न र तटस्थ नरहन सांसदहरूलाई कांग्रेसको ह्वीप

काठमाडौं, ९ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।

भोलि बजेट निर्णयार्थ प्रस्तुत हुने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले तटस्थ नरहन र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।

बजेटलाई लिएर कांग्रेसका सांसदहरूले चर्को आलोचना गरिरहेका छन् । एमालेले यसअघि नै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्