युनाइटेड अजोड इन्सुरेन्सले असार ३० गतेलाई डाक्यो वार्षिक साधारण सभा

काठमाडौं,९ असार । युनाइटेड अजोड इन्सुरेन्सले असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले ३१औं वार्षिक सभा अम्रपाली ब्यांक्वेट, क्याटरिङ एन्ड इभेन्ट प्रा.लि. भाटभटेनी काठमाडौंमा हुने भएको हो । सभा बिहान १०:३० बजे सुरु हुनेछ ।

साधारण सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले यहि असार १९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभान्स पाउनको लागि असार १८ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्