एशियन लाइफ इन्स्योरेन्सले लाभान्स पारित गर्न बोलायो साधारण सभा

काठमाडौं,९ असार । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भएको छ । इन्स्योरेन्सले घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

इन्स्योरेन्सले असार ३० गते, सोमबार, होटल ईच्छा, सिमरा, बारामा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो १ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यहि असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्