प्रभु इन्स्योरेन्सले गर्यो बोनस घोषणा

काठमाडौं,९ असार । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । यसका साथै इन्स्योरेन्सको बोनस शेयरको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ ।

इन्स्योरेन्स सञ्चालक समितिको असार ८ गते बसेको बैठकले सो उक्त दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा बोनस शेयर वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्