सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्री, सर्वसाधारणले पनि आवेदन दिन पाउने
काठमाडौं, ८ असार । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनी सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता शेयर र निरसुवा गुरुङ्गको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यस शेयरमा संस्थापक शेयरधनीहरुको तर्फ समयावधिभित्र उक्त शेयरका खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
शेयर किन्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको नक्सालस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्