एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर असार २५ गतेदेखि जारी गर्ने

काठमाडौं,८ असार । एसियन लाइफ इन्सुरेन्सले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि यसले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । हकप्रद सेयरमा लगानीकर्ताले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल काठमाडौं र एसियन लाइफ इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्