सर्वोत्तम स्टील्सले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोलायो विशेष साधारणसभा

काठमाडौं,६ असार । सर्वोत्तम स्टील्स प्रालिले आफ्नो पूँजी विस्तारका लागि हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ बराबर ०.५० को अनुपातमा हकप्रद शेयर जारी गर्न विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीले असार २५ गते विशेष साधारणसभा आह्वान गर्दै उक्त सभाबाट हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्ने तयारी गरेको जनाएको छ । सो प्रस्ताव पारित भएसँगै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशनको अनुमति माग गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी झण्डै १ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । यसमा ५० प्रतिशत हकप्रद जारी गरिने निर्णय कार्यान्वयनमा आएपछि कम्पनीको पूँजी करिब १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्