आजको लागि प्रमुख विदेशी मुद्राको विनिमय दर

काठमाडौं,६ असार । सुक्रबार अमेरिकी डलरको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असार ६ गते शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ०६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ४६ पैसा कायम भएको छ । यसअघि शुक्रबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा र खरिददर १३८ रुपैयाँ ०७ पैसा कायम भएको थियो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा रहेको छ भने खरिददर १५९ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा खरिददर १८६ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५५ पैसा र खरिददर ९ रुपैयाँ ५१ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने १०१ रुपैयाँ ०३ पैसा र बिक्रीमा १०१ रुपैयाँ ४७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्