नेपाली कांग्रेसका पूर्व सांसद आलमलाई सफाइ दिने वीरगन्जका न्यायाधीशहरू सर्वोच्च तानिए

काठमाडौं, ५ असार । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन सर्वोच्च अदालत तानिएका छन् । उनीहरूलाई न्याय परिषदले काजमा सर्वोच्च तान्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ । बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर छानबिन प्रक्रिया अघि बढाएको हो ।

न्यायाधीशद्वय थारु र महर्जनले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इँट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।

आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् । बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूतले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित गत मङ्गलवार र त्यसअघि जेठ १६ गते युवराज पौडेल सफलले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्