उच्च अदालत पाटनद्वारा दिलभूषणलाई कानुन विपरित पक्राउ नगर्न अन्तरिम आदेश

काठमाडौं, ५ असार । सञ्चारकर्मी दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै धरपकड नगर्न आदेश दिएको हो ।

पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत सोमबार न्यायाधीश ऋषि राजभण्डारीको इजलासले कानुनबमोजिम बाहेक पक्राउ तथा धरपकड नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्