स्वस्तिक लघुवित्तलाई धितोपत्र बोर्डले दियो आइपीओ बिक्रीको अनुमति

काठमाडौं,५ असार । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ ।

बोर्डले कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ जारी गर्नेछ ।

यस लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्