युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं,५ असार । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
इन्स्योरेन्स सञ्चालक समितिको असार ४ गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्