सिम्रिक एयरले प्रिमियममा आइपीओ जारी गर्ने

काठमाडौं,५ असार । सिम्रिक एयर लिमिटेडले असार २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा साँझ ५ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने तथा कम्पनीले बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा छ ।

प्रतिक्रिया दिनुहोस्