एमडीआरटी एनुअल मिटिङमा सिटिजन लाइफबाट शर्मा अमेरिका जाँदै
काठमाडौं,४ असार । अमेरिकी संस्था मिलियन डलर राउन्ड टेबलद्वारा आयोजना गरिने एमडिआरडी एनुअल मिटिङमा सिटिजन लाइफको प्रतिनिधित्व गर्दै प्रकाश शर्मा अमेरिका प्रस्थान गर्न लागेका छन् ।
सो अवसरमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।
यहि २०२५ जुन २२ बाट जुन २५ सम्म अमेरिकाको फ्लोरिडामा एमडीआरटी एनुअल मिटिङको आयोजना हुँदैछ । शर्माले यस सफलता र अवसरका घर-परिवार, साथी-भाई, बीमित र सिटिजन लाइफका सम्पुर्ण परिवारप्रति आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्