एनएमबि बैंकको २ लाख ९० हजार २९६ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं,४ असार । एनएमबि बैंक लिमिटेडले २ लाख ९० हजार २९६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी कल्पना पाण्डेको नाममा रहेको ७३ हजार ९५१ कित्ता र काली दास गोतामेको नाममा रहेको २ लाख १६ हजार ३४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बिक्रीमा राखेको यस संस्थापक शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
बैंकले तोकेको सो समयभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्