नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं,३ असार । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३४ हजार २६९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यस सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकको यस सेयर खरिदका लागि सेयर शाखा लाजिम्पाट, काठमाडौंबाट खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । प्रकाशित सूचनाको समय सिमा भित्रमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्