छिमेक लघुवित्तको संस्थापक समूहको शेयर बिक्रीमा
काठमाडौं,३ असार । छिमेक लघुवित्त वित्तीय संस्थाको करिब साढे २ लाख कित्ता शेयर आज असार ३ गतेबाट बिक्रीमा राखिएको छ ।
लघुवित्तको संस्थापक समूहको २ लाख ४४ हजार ४८० कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । यो शेयरमा संस्थाका संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।
सस्थाको यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । त्यस्तै, बढिमा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
शेयर खरिदका लागि असार १० गतेसम्म आवेदन पेस गर्न सकिनेछ । आवेदन काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा पेस गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्