सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं,३ असार । सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज असार ३ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र लगानीकर्ताले उक्त कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
सन नेपाल लाइफ इन्सुरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर खुला गरेको हो । कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
इन्स्योरेन्सले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरेको थियो । वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्