प्रतिनिधि सभाको बैठक आज दिउँसो १:०० बजे, निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
काठमााडौं, ३ असार । संघिय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको संसदसचिवालयले जनाएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।
सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।
प्रतिपक्षी रास्वपाले र राप्रपाले भने संसदमा अवरोध जारी राखेका छन् । रास्वपा र राप्रपाले अवरोधलाई निरन्तरता दिएका हुन् । त्यसकाबीच सभामुख देवराज घिमिरेले बैठक चलाउँदै आएका छन् । यसले संसद बैठक असोभनिय देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्