राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउकाबीच पनि संसद् चलाइयो

काठमाडौँ, २ असार। प्रतिपक्षी दल रास्वपाको बेल घेराउ र राप्रपाको बहिस्कारका बिच सभामुखले संसदको कारबाही अघि बढाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको मागसहित रास्वपा र राप्रपाले विरोध गरेका हुन् ।

तर, सभामुखले उनीहरूको विरोधका बिच सदनका कारबाही अघि बढाउँदै आगामी आर्थिक वर्षको वार्षिक अनुमानमाथि छलफल गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्