कुमारी बैंकको संस्थापक शेयर बिक्री खुला, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

काठमाडौं,२ असार । कुमारी बैंक लिमिटेडको ७ हजार ८८१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ ।

बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो । सो अवधिमा शेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

यस शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल वा कुमारी बैंक लिमिटेडको टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्